काठमाडौं ।बागलुङको निसीखोला गाउँपालिका–३ हर्दरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ।
अचानक माथिबाट खसेको पहिरोले स्थानीय एक घर पूर्ण रूपमा पुरिएको हो। घटनाका बेला घरमा चार जना रहेकोमा एक जना बिहानै घरबाहिर निस्किएकाले सुरक्षित भएको बताइएको छ।घरभित्र रहेका तीन जनाको भने पहिरोमा पुरिएर मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले जानकारी दिएका छन्।घटनाको सूचना पाएलगत्तै वडाध्यक्षसहित प्रहरी टोली घटनास्थल पुगेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।