काठमाडौं ।जापानमा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ।
कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०२ रन बनाएको थियो। उसका लागि फैसल शिनोजादा र नजिबुल्लाह जादरानले समान ३० रन बनाए भने नांगेयालिया खारोटेले १७ रन जोडे।नेपालका कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। ललित राजवंशीले पनि ३ विकेट हात पारेपछि अफगानिस्तान ठूलो योगफल बनाउनबाट रोकिएको थियो।
१०३ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। सन्दीप जोराले ३४ रन बनाउँदै नेपालको जितमा महत्वपूर्ण योगदान दिए भने कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे।त्यस्तै दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे। नेपालले १६ बल बाँकी रहँदै ५ विकेटको जित निकालेको हो।यस जितसँगै नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेटमा आफ्नो अभियान जितबाट सुरु गरेको छ।