काठमाडौं ।जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियामाथि जित निकालेको छ।
नेपालले मलेसियालाई ७३–५२ अंकले पराजित गरेको हो। जितसँगै नेपालले प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा सुखद नतिजा निकालेको छ।यसअघि खेलेका तीनवटै खेलमा पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिइसकेको थियो। त्यसैले मलेसियाविरुद्धको खेल नेपालको समूह चरणको अन्तिम प्रतिस्पर्धा बनेको हो।