काठमाडौं ।साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३६.२५ अंकले घटेको छ।
बजार १।३६ प्रतिशतले ओरालो लागेसँगै नेप्से २ हजार ६१८.०३ विन्दुमा झरेको हो।आज कारोबार भएका कम्पनीमध्ये २३ वटाको सेयर मूल्य बढ्दा २५३ कम्पनीको मूल्य घटेको छ। दिनभरमा ६ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ।बजारसँगै अधिकांश उपसूचकमा पनि गिरावट देखिएको छ। जीवन बिमा समूहमा सबैभन्दा ठूलो गिरावट आएको छ भने उक्त समूहको सूचक २.०४ प्रतिशतले घटेको छ।बजार घटे पनि धौलागिरी लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै, सीवाइसी नेपालका लगानीकर्ताले पनि ५.४४ प्रतिशतको वृद्धि देखेका छन्।
यता, फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य ८.५४ प्रतिशत घट्दा लगानीकर्ताले सबैभन्दा ठूलो गिरावट बेहोरेका छन्। कारोबार रकमका आधारमा भने शिवम् सिमेन्ट्स अगाडि रहेको छ। कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।