काठमाडौं ।चलचित्र विकास बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि सूचना तथा सञ्चार मन्त्रालयले तीन सदस्यीय छनोट समिति गठन गरेको छ।
मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा गठन भएको समितिमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्मकर्मी अशोक शर्मा सदस्य रहेका छन्।मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयबाट समिति गठन गरिएको हो। बोर्डको अध्यक्ष पदका लागि यसअघि नै आवेदन खुलाइएको थियो। आवेदन दिने अन्तिम मिति बुधबार तोकिएको छ।
अध्यक्ष पदका लागि अहिलेसम्म कति जनाले आवेदन दिएका छन् भन्ने विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन।प्राप्त आवेदनमध्येबाट उपयुक्त एक जना उम्मेदवार छनोट गरी समितिले अध्यक्षका लागि सिफारिस गर्नेछ। सोही सिफारिसका आधारमा बोर्डको नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाइनेछ।