काठमाडौं ।नागोया हाम्रो खेलकुद( जापानको नागोयामा जारी २० औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले विजयी सुरुवात गरेको छ।
नेपाल आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको छ। टोकाइ सिटिजन जिम्नेसियममा मंगलबार भएको समूह ‘बी’ को खेलमा नेपालले रोमाञ्चक जित हात पारेको हो।पहिलो हाफमा नेपाल २४–१५ ले अघि थियो। दोस्रो हाफमा थाइल्यान्डले १९ गोल गर्दा नेपालले ३१ गोल थप्दै ४६–४३ को जित पक्का गर्यो।१९ औं एसियाडमा नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो।