काठमाडौँ ।नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको छलफल सुरु भएको छ।
ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सोमबारदेखि चलिरहेको बैठकमा मंगलबार केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका छन्।बैठकमा बोल्ने प्रत्येक केन्द्रीय सदस्यका लागि अधिकतम तीन मिनेटको समय निर्धारण गरिएको छ। निर्धारित समयमा सदस्यहरूले अध्यक्षको प्रतिवेदनसँगै जनतासँग पार्टीको सम्बन्ध र पछिल्ला समसामयिक राजनीतिक विषयमा आफ्ना विचार प्रस्तुत गरिरहेका छन्।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार सदस्यहरूलाई विषयकेन्द्रित रूपमा धारणा राख्ने गरी समय व्यवस्थापन गरिएको हो।यस बैठकबाट पार्टीको आगामी सांगठनिक संरचनासँग सम्बन्धित महत्वपूर्ण निर्णय हुने तयारी छ। केन्द्रीय कमिटीमा नयाँ सदस्य मनोनयनसँगै विभिन्न विभाग गठन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठनलगायत विषय बैठकको कार्यसूचीमा छन्।एमाले नेताहरूका अनुसार मंगलबारकोबैठकबाट पोलिटब्यूरो, स्थायी कमिटी तथा अन्य नेताहरूको जिम्मेवारीसमेत टुंग्याउने तयारी गरिएको छ।