काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारको छलफलपछि स्थगित भएको छ।
सोमबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम भने बाँकी रहेको छ।एमाले केन्द्रीय कमिटीको बैठक मंगलबार बिहान ९ बजे पुनः बस्ने तय भएको छ। उक्त बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल अघि बढाइनेछ।