काठमाडौं ।जापानमा जारी २०औँ एसियाली खेलकुद अन्तर्गत महिला कराते कुमितेको सेमिफाइनलमा नेपालकी एरिका गुरुङ पराजित भएकी छन्।
६८ केजीभन्दा माथिको तौल समूहको सेमिफाइनल भिडन्तमा एरिका कजाखस्तानकी सोफिया बेरुज्त्सेभासँग २–१ अंकले पराजित भएकी हुन्।यससँगै एरिकाको स्वर्ण पदकको यात्रा सेमिफाइनलमै रोकिएको छ। यद्यपि, उनले यसअघि भएको एसियाली खेलकुदको संस्करणमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन्।नेपालको करातेमा एरिकाले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रदर्शन गर्दै आएकी छन्।