काठमाडौं ।नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जित्दै जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङ गर्न बोलाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेका हुन्। पोखरा प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ भने जनकपुर दोस्रो जितको खोजीमा छ।पोखराले जारी प्रतियोगितामा आज दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।यता जनकपुरको यो तेस्रो खेल हो। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले हारेको जनकपुरले दोस्रो खेलमा काठमाडौंलाई ८ विकेटले पराजित गर्दै जित निकालेको थियो।
आजको खेल जित्दै पोखरा प्रतियोगितामा पहिलो सफलता हासिल गर्न चाहन्छ। जनकपुर भने जितको लय कायम राख्दै आफ्नो खातामा दोस्रो सफलता थप्ने योजनामा छ। आज एनपीएलमा यही एउटा मात्र खेल हुँदैछ।