काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज आइतबार एक खेल हुँदैछ। आजको प्रतिस्पर्धामा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। जनकपुर बोल्ट्स प्रतियोगितामा दोस्रो जितको खोजीमा मैदान उत्रनेछ। पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराउँदै प्रतियोगितामा जितको खाता खोलेको थियो।
यता पोखरा एभेन्जर्स भने पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रनेछ। पोखराले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजय बेहोरेको थियो। आजको खेलमा दुवै टोलीका लागि जित महत्वपूर्ण हुनेछ। जनकपुर आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ भने पोखरा पहिलो जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने प्रयासमा हुनेछ।