काठमाडौं ।आयोजक भरतपुर फुटबल क्लब बीएफसी हानामीले तेस्रो चितवन गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बीएफसीले देवदह ब्वाइज रुपन्देहीलाई १–० ले पराजित गर्दै पहिलोपटक प्रतियोगिताको फाइनल यात्रा तय गरेको हो। बीएफसीको जितमा मुकुन्द निउरेले निर्णायक गोल गरे।उत्कृष्ट प्रदर्शन गरेका बीएफसीका गोलरक्षक दीप कार्की खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतियोगिताअन्तर्गत बिहीबार नै दोस्रो सेमिफाइनल हुँदैछ। दिउँसो ४ बजे हुने खेलमा एप्पल गुरु सूर्यपुर एफसी र मलेसियाको एनपेनाङ एफसी आमनेसामने हुनेछन्। उक्त खेलको विजेताले फाइनलमा बीएफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।आठ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।