काठमाडौं ।नेपालले सन् २०२७ को मार्चमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय( टी–२० आई) सिरिज खेल्ने भएको छ।
नेपाल र बंगलादेशबीचको सिरिज मार्च २६ देखि ३० तारिखसम्म काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय टीयू क्रिकेट मैदानमा सञ्चालन हुनेछ।सिरिजमा नेपाल र बंगलादेशबीच टी–२० अन्तर्राष्ट्रिय खेलहरू हुनेछन्। घरेलु मैदानमा हुने यो सिरिज नेपाली क्रिकेट टोलीका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका रूपमा रहनेछ।