काठमाडौं ।प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सभामुख डीपी अर्यालको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकमा आगामी असोज १५ गतेसम्म प्रतिनिधिसभामा सञ्चालन हुने सम्भावित कार्यतालिकाबारे छलफल गरिएको छ। छलफलका क्रममा प्रस्तावित कार्यतालिकामा आवश्यक संशोधन गरी स्वीकृत गर्ने विषयमा समेत समितिका सदस्यहरूबीच विचार–विमर्श भएको बताइएको छ।बैठकले कार्यतालिकालाई आवश्यक परिमार्जनसहित अघि बढाउने विषयमा छलफल केन्द्रित गरेको जनाइएको छ।