काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा विज्ञहरूको टोलीसहित आज रसुवा जाने भएका छन्।
बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत वितरण तथा प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिन थापा रसुवा जान लागेका हुन्।यसअघि उनी बाढी प्रभावित नुवाकोट पुगेका थिए। नुवाकोटको स्थलगत अवस्थाबारे जानकारी लिएपछि थापा आज रसुवा जान लागेका हुन्।