काठमाडौँ । रसुवास्थित लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार टोलीले दुई जनाको शव बाहिर निकालेको छ।
नेपाली सेनाका उद्धारकर्मीले सुरुङभित्र पुग्न पहुँचमार्ग बनाएपछि दुई शव निकाल्न सफल भएका हुन्। आयोजनाको सुरुङमा उद्धार कार्य अझै जारी रहेको छ। आयोजनामा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको छ। टोली सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरेर बेपत्ताहरूको खोजी गरिरहेको छ। २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ४१ जना बाढीपछि सम्पर्कविहीन रहेको जनाइएको छ। बाँकी बेपत्ताको खोजी तथा उद्धारका लागि टोलीले सुरुङभित्र निरन्तर काम गरिरहेको छ।