काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सचिवालयको आकस्मिक बैठक आह्वान गरेको छ।
प्रतिनिधिसभाको बैठक सकिएपछि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सचिवालय बैठक बस्ने रास्वपाले जनाएको छ।भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा भएको क्षति तथा त्यसबाट उत्पन्न परिस्थितिबारे बैठकमा छलफल हुने बताइएको छ।बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका विषयमा आवश्यक पहल र पार्टीको आगामी भूमिकाबारे समेत बैठकमा छलफल हुने जनाइएको छ।