काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार एकैदिन तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ पुगेको छ।आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा सोमबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको हो।महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार ६ सय ६५ रुपैयाँ कायम गरिएको छ।यता चाँदीको मूल्य भने घटेको छ। आइतबार प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा झरेको छ।त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ५७ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।