काठमाडौं । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनी ला लिगाको नयाँ सिजनमा शानदार सुरुआत गरेको छ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई ५–० ले पराजित गरेको हो।बार्सिलोनाको जितमा राफिन्हा र फेरमिन लोपेजले दुई–दुई गोल गरे। नयाँ खेलाडी करिम एडेयेमीले पनि डेब्यु खेलमै गोल गर्दै टोलीको जितमा योगदान दिए। नयाँ अनुबन्धित एन्थोनी गोर्डनले दुई गोलका लागि अवसर सिर्जना गरे।यसअघि जोसे मोउरिन्होको नेतृत्वमा रहेको रियल म्याड्रिडले इस्पनयोललाई हराएपछि बार्सिलोनामाथि पनि विजयी सुरुआतको दबाब थियो। तर एल्चेविरुद्धको प्रभावशाली प्रदर्शनसँगै बार्सिलोनाले उपाधि रक्षाको अभियानमा बलियो संकेत दिएको छ।आइतबारकै अन्य खेलमा एटलेटिको म्याड्रिड र भिल्लारियलले २–२ गोलको बराबरी खेले। १० खेलाडीमा सीमित एटलेटिकोका लागि गिलियानो सिमोनीले बराबरी गोल गर्दै टोलीलाई एक अंक दिलाए। अर्को खेलमा गेटाफेले रेसिङ सान्टेन्डरलाई १–० ले पराजित गर्यो।