काठमाडौं । निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘शुभ विवाह’ को छायाङ्कन सुरु भएको छ।
आइतबार पर्यटकीय नगरी पोखराबाट चलचित्रको छायाङ्कन सुरु गरिएको हो।निर्देशक थापाका अनुसार चलचित्रको छायाङ्कनका लागि ४५ दिनको तालिका तय गरिएको छ। रोमान्टिक कथावस्तुमा आधारित चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा देखिनेछन्।प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको ‘शुभ विवाह’मा प्रदीप र सनिशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहनेछ।निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काले यसअघि चर्चित चलचित्र ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। उनीहरूको पुनः सहकार्यले ‘शुभ विवाह’प्रति दर्शकको चासो बढाएको छ।चलचित्रकी निर्माता सुप्रिया कटुवाल हुन् भने साम भुजेल कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ।रोमान्टिक कथावस्तु, लोकप्रिय कलाकारको अभिनय र ‘प्रेम गीत’पछि सुदर्शन थापा–प्रदीप खड्काको पुनः सहकार्यका कारण ‘शुभ विवाह’ नेपाली चलचित्रप्रेमीका लागि प्रतीक्षित चलचित्र बन्ने अपेक्षा गरिएको छ।