काठमाडौं । बलिउडका लोकप्रिय प्लेब्याक सिंगर शान नेपाल आएका छन्।
हिन्दी र नेपाली भाषाका गीतमार्फत नेपाली दर्शकमाझ पनि परिचित शान शुक्रबार काठमाडौं आइपुगेका हुन्।उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै शुक्रबार दिउँसो काठमाडौं अवतरण गरेका हुन्। नेपालमा आयोजना हुन लागेको विशेष सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी काठमाडौं आएका हुन् ।शानले शनिबार नेपालकै ठूलो इन्डोर इभेन्ट भेन्युका रूपमा प्रचार गरिएको ‘क्लब नोभा’ मा आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ। बलिउडका चर्चित गीतहरूका साथै नेपाली भाषाका गीतसमेत गाउने शानको प्रस्तुति नेपाली संगीतप्रेमीका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिनेछन्।शानको नेपाल आगमनसँगै उनको सांगीतिक प्रस्तुतिलाई लिएर नेपाली संगीतप्रेमीमा उत्साह देखिएको छ। शनिबार हुने कार्यक्रममार्फत नेपाली दर्शकसँग प्रत्यक्ष रूपमा जोडिन पाउँदा शान पनि उत्साहित रहेको आयोजकले जनाएको छ।