काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो। यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको थियो। मंगलबार भने त्यसमा कुनै परिवर्तन भएको छैन। यता चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ७ सय ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि आज सुन प्रतिऔंस ४ हजार ३ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।