काठमाडौं । मेदान्त आयुर्वेद हेल्थ होमद्वारा सञ्चालित ‘मेदान्त स्किन केयर तथा वेलनेस सेन्टर’को शुभारम्भ अभिनेत्री रेखा थापाले गर्ने भएकी छन् । सेन्टरको शुभारम्भ आगामी २०८३ भदौ १ गते सोमबार बिहान ११ बजे कलंकी खसीबजार, शिवनगरटोलस्थित सीता पेट्रोल पम्प पछाडि हुने भएको हो ।
मेदान्त स्किन केयर तथा वेलनेस सेन्टरका सञ्चालक डा. सुवर्ण पौडेलले सेन्टरको औपचारिक शुभारम्भ अभिनेत्री रेखा थापाबाट गर्न लागिएको जानकारी दिए । उनका अनुसार सौन्दर्य, छाला हेरचाह तथा वेलनेससँग सम्बन्धित सेवाहरूलाई आयुर्वेदिक तथा आधुनिक दृष्टिकोणसँग जोडेर सेवा विस्तार गर्ने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो ।
डा. पौडेलले नयाँ पुस्तामाझ बढ्दै गएको स्किन केयर तथा वेलनेससम्बन्धी आवश्यकतालाई ध्यानमा राख्दै गुणस्तरीय तथा व्यवस्थित सेवा उपलब्ध गराउने उद्देश्य रहेको बताए । उनका अनुसार सेन्टरले सौन्दर्यसँगै स्वास्थ्य र समग्र वेलनेसलाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्नेछ ।
मेदान्त आयुर्वेद हेल्थ होमले स्वास्थ्य सेवासँगै स्किन केयर तथा वेलनेस क्षेत्रलाई विस्तार गर्ने क्रममा नयाँ सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । शुभारम्भ कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, शुभेच्छुक तथा सेवाग्राहीहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।