काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरी टोली पुगेको छ।
प्रसाईंलाई नियन्त्रणमा लिने (पक्राउ गर्ने) तयारीस्वरूप सुरक्षाकर्मीहरू उनको घर परिसरमा पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनको घरवरपर सुरक्षा व्यवस्था कडा पारिएको छ भने थप टोली समेत परिचालन गरिएको जनाइएको छ।