काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दबाबमा रहेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाइए त्यो भयानक गल्ती’ हुने बताएका छन्।
इन्फान्टिनोको नेतृत्वमाथि युरोपेली फुटबल महासंघ यूईएफए, उत्तर तथा मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको फुटबल महासंघ कनकाकाफ र एसियाली फुटबल महासंघ एएफसी ले प्रश्न उठाइरहेका बेला ट्रम्पले उनको पक्षमा खुलेर समर्थन जनाएका हुन्।ट्रम्पले सामाजिक सञ्जालमार्फत भनेका छन्, “फिफाले कुनै पनि कारणले जियानी इन्फान्टिनोलाई प्रतिस्थापन गर्नेबारे सोच्यो भने त्यो भयानक गल्ती हुनेछ। उनले इन्फान्टिनोको प्रशंसा गर्दै आफूले उनलाई असाधारण नेतृत्वकर्ता मान्ने बताएका छन्। ट्रम्पका अनुसार इन्फान्टिनोको नेतृत्वमा भएको विश्वकप अहिलेसम्मकै सबैभन्दा सफल प्रतियोगिता बनेको थियो। इन्फान्टिनो पदबाट हटेमा आगामी विश्वकप त्यति सफल र नाफामूलक नहुने उनको दाबी छ।
इन्फान्टिनोमाथि विवाद भने फिफाको प्रस्तावबाट चर्किएको हो। उक्त योजनाअन्तर्गत विश्वकपसहित फिफाका विभिन्न प्रतियोगिताको व्यावसायिक तथा टिकटसम्बन्धी अधिकार व्यवस्थापन गर्न नयाँ कम्पनी स्थापना गर्ने र त्यसको २१ प्रतिशत हिस्सा निजी लगानी कम्पनीलाई बिक्री गर्ने प्रस्ताव गरिएको थियो।तर उक्त योजना विवादमा परेपछि फिफाले अगस्ट १ मा योजना रद्द गरेको थियो।यसैबीच यूईएफए, कनकाकाफ र एएफसीका अध्यक्षहरूले संयुक्त रूपमा खुला पत्र जारी गर्दै इन्फान्टिनोले “छलमार्फत विश्वास तोडेको” आरोप लगाएका छन्। पत्रमा कुनै व्यक्तिले आफूलाई अधिकार प्रदान गर्ने सामूहिक संस्थाभन्दा माथि राखेमा आफ्नो जिम्मेवारी त्यागेको मानिने उल्लेख गरिएको छ।युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफाका प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनीसमेत दिएको छ। साथै, योजनासँग सम्बन्धित विषयमा कानुनी कदम चाल्न सक्ने संकेत पनि गरेको छ।बीबीसीका अनुसार इन्फान्टिनो पदमा रहिरहेमा छुट्टै प्रतियोगिता सञ्चालन गर्ने विषयमा यूईएफए, कनकाकाफ र एएफसीबीच प्रारम्भिक छलफलसमेत भएको छ। यद्यपि, यसबारे ठोस वार्ता भने सुरु भइसकेको छैन।
ट्रम्प र इन्फान्टिनोबीच निकट सम्बन्ध
ट्रम्प र इन्फान्टिनोबीच लामो समयदेखि निकट सम्बन्ध रहेको छ। सन् २०२५ को डिसेम्बरमा इन्फान्टिनोले ट्रम्पलाई पहिलोपटक प्रदान गरिएको फिफा शान्ति पुरस्कार प्रदान गरेका थिए।योजनासँग जोडिएको सम्भावित लगानी समूहको नेतृत्व अमेरिकी भेन्चर क्यापिटल कम्पनी त्जचष्खभ भ्तभचलब िले गर्ने अपेक्षा गरिएको थियो। उक्त कम्पनी ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ जोसुआ कुशनरले स्थापना गरेका हुन्। योजनाबारे पहिलोपटक जुलाई ३१ मा प्रतिक्रिया दिँदा ट्रम्पले आफूले उक्त योजनाका विषयमा इन्फान्टिनोसँग कुराकानी नगरेको बताएका थिए। तर अहिले इन्फान्टिनोमाथि दबाब बढिरहेका बेला ट्रम्पले पहिलोपटक सार्वजनिक रूपमा उनको पक्ष लिएका छन्।
ट्रम्पको समर्थन कति प्रभावकारी होला
बीबीसीका खेल सम्पादक ड्यान रोअनका अनुसार ट्रम्पले अहिले इन्फान्टिनोको समर्थन गर्नुको समय निकै महत्वपूर्ण देखिएको छ।अमेरिकी फुटबल महासंघले समेत इन्फान्टिनोप्रति असन्तुष्टि जनाउँदै “अर्थपूर्ण परिवर्तन”आवश्यक रहेको बताएको छ। त्यसपछि यूईएफए, कनकाकाफ र एएफसीको संयुक्त पत्रले इन्फान्टिनोमाथिको दबाब थप बढाएको छ।ट्रम्पले इन्फान्टिनो हटेमा विश्वकप कम सफल र कम नाफामूलक हुने दाबी गरे पनि उनका आलोचकहरूले इन्फान्टिनोको नेतृत्वमा विश्वकप अत्यधिक व्यावसायिक र समर्थकका लागि महँगो बन्दै गएको आरोप लगाउँदै आएका छन्।फिफाले यसअघि नै कीर्तिमानी आम्दानी गरिरहेको अवस्थामा थप पैसा जुटाउने उद्देश्यले अघि सारिएको योजना नै अहिलेको विवादको मुख्य कारण बनेको छ।ट्रम्पको समर्थनबाट इन्फान्टिनोलाई व्यक्तिगत रूपमा राहत मिल्न सक्ने भए पनि विश्व फुटबलभित्र उनको पक्षमा समर्थन जुटाउन यो समर्थन कति प्रभावकारी हुन्छ भन्ने अझै स्पष्ट छैन।