पर्सा । पर्साको विन्दवासिनी गाउँपालिका–४ मधवलबाट प्रहरीले ३९ किलो २५० ग्राम गाँजा बरामद गरेको छ। घटनामा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा तीन वटा मोटरसाइकल र झोला छाडेर केही व्यक्ति फरार भएका थिए। त्यस क्रममा प्रहरीले झोलाबाट उक्त पदार्थ बरामद गरेको हो।
घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको छ भने फरार रहेका अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बरामद पदार्थ गाँजा नै हो वा होइन भन्ने यकिन गर्न थप परीक्षण तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।