काठमाडौँ । आज देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै छ। बाढी, पहिरो तथा भू–क्षयजस्ता प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न, जमिनको उर्वराशक्ति जोगाउन र भौतिक पूर्वाधारको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो।
नेपालमा राष्ट्रिय भू–संरक्षण दिवस विक्रम संवत् २०३१ देखि निरन्तर रूपमा मनाउने गरिएको पाइन्छ। विशेषगरी भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको दिन साउन २४ गतेलाई स्मरण गर्दै हरेक वर्ष यसै दिनलाई ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने गरिएको हो।
देशका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले आजको दिन भू–संरक्षण र जलाधार व्यवस्थापनसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।