काठमाडौँ । नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ बस्ने ३५ वर्षीय हरिश चन्द रहेका छन्।
चन्दले नेपाली सेनामा भर्ती गराइदिने आश्वासन दिई पीडितबाट २ लाख ४० हजार रुपैयाँ असुली गरी ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चन्दमाथि जिल्ला अदालत कैलालीबाट म्याद थपको अनुमति लिई प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।