काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय र मातहतका निकायमा कार्यरत ८ जना सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ।
नयाँ तोकिएको जिम्मेवारी अनुसार श्रीप्रसाद भट्टराईलाई मन्त्रालयको प्रवक्ता तथा योजना महाशाखाको जिम्मेवारी दिइएको छ । जयराज अधिकारीलाई उच्च तथा प्राविधिक शिक्षा महाशाखा र शिवकुमार सापकोटालाई खेलकुद तथा विद्यालय शिक्षा महाशाखा प्रमुखको जिम्मेवारी सुम्पिएको छ।
त्यसैगरी, हरि निरौलालाई चिकित्सा शिक्षा आयोग, चन्द्रकान्त भुसाललाई शैक्षिक गुणस्तर परीक्षण केन्द्र र महेन्द्र पराजुलीलाई पाठ्यक्रम विकास केन्द्रको नेतृत्व दिइएको छ। यस्तै लक्ष्मी भट्टराई र वसन्त कोइराला दुवै जनालाई शिक्षा विभागको जिम्मेवारी तोक्दै मन्त्रालय तथा मातहतका निकायको प्रशासनिक एवं व्यवस्थापकीय कार्यलाई थप प्रभावकारी बनाउन नयाँ जिम्मेवारी बाँडफाँड गरिएको हो।