काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको पुनर्निर्माण तथा मर्मतका लागि सरकारले विनियोजन गरेको बजेट नलिने निर्णय गरेका छन्।
२०८२ भदौ २४ गतेको जनआन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको कोइराला निवास पुनर्निर्माणका लागि सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत दुई करोड रुपैयाँ छुट्याएको थियो। तर, उक्त रकम स्वीकार गर्नु नैतिक रूपमा उपयुक्त नहुने भन्दै डा। कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्ता गर्ने सम्बन्धमा पत्र पठाएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिएका छन्।