काठमाडौँ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ९निम्सदाइ० को सम्झनामा सगरमाथा आरोही संघले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ। पाकिस्तानस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थिए ।
अन्तर्राष्ट्रिय आरोहण क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल कीर्तिमानी आरोही निम्सदाइको गत बिहीबार ब्रोड पिकमा गएको भीषण हिमपहिरोमा परी दुःखद निधन भएको थियो। संघले उनको आत्माको चिरशान्तिको कामना गर्दै र पर्वतारोहण क्षेत्रमा उनले पु¥याएको ऐतिहासिक योगदानको कदर गर्दै दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा विभिन्न कीर्तिमानी पर्वतारोही, पर्यटन व्यवसायी, आरोहणप्रेमी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले स्वर्गीय निम्सदाइको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए।
विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू सबैभन्दा छोटो समयमा सफलतापूर्बक आरोहण गरी विश्वकीर्तिमान कायम गरेका निम्सदाइको निधनले नेपाली पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको सहभागीहरूले बताएका छन्।