काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले ’अन्तर्राष्ट्रिय युवा दिवस, २०८३’को अवसरमा आयोजना हुने मूल समारोहमा सहभागिताका लागि इच्छुक युवाहरूबाट आवेदन आह्वान गरेको छ। नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको युवा परिषद्ले युवा दिवसको अवसरमा गर्नलागेका विविभन्न कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ ।
संयुक्त राष्ट्र सङ्घले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसका लागि तर्जुमा गरेको भिन्न परिवेश, साझा आकांक्षा भन्ने मूल नाराकाका साथ साउन २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सप्ताहव्यापी कार्यक्रमको गर्न लागेको छ ।
नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, संयुक्त राष्ट्र सङ्घीय निकायहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा गैरसरकारी संस्थाहरू तथा युवा अभियन्ताहरूको साझा आयोजनामा हुने सो कार्यक्रममा सहभागी हुन इच्छुक युवाहरूले साउन २२ गते दिउँसो १२ः०० बजेभित्र राष्ट्रिय युवा परिषद्को आधिकारिक वेबसाइट मा रहेको गुगल फारम मार्फत आवेदन दिनुपर्ने युवा परिषद्ले जनाएको छ ।
कार्यक्रममा समावेशी सहभागिताका लागि साङ्केतिक भाषा (साइन ल्याङ्ग्वेज)तथा नेपाली÷अङ्ग्रेजी भाषा अनुवादको समेत व्यवस्था गरिएको परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जानकारी दिएका छन् । अनिवार्य रूपमा उपस्थित हुन सक्ने सहभागीहरूलाई मात्र फारम भर्न परिषद्ले अनुरोध गरेको छ। 