काठमाडौं । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति भएको घटनामा घाइते गोली लागेर घाइते रवीन्द्र मेहताको उपचारका क्रममा निधन भएपछि पीडित पक्ष आन्दोलनमा उत्रिएको छ ।
मेहताको परिवारसहित छिमेरकी गाउँलेहरू उक्त घटनामा गोली चलाउन आदेश दिनेलाई कारबाही नभएसम्म शव नबुझ्ने अडानमा छन् ।
उनीहरूले अहिले कप्तानगञ्जको सडकमा रुख ढालेर अवरुद्ध गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिनको पनि माग गरेका छन् ।
उक्त घटनामा गोली लागेर हालसम्म ३ जनाको मृत्यु भएको छ । अहिले पनि गोली लागेका ७ जना उपचाररत छन् ।