काठमाडौं । नबिल बैंक लि.र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् ।
भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड जितेका हुन् ।
शाइन रेसुङ्गाले बेस्ट डेभलपमेन्ट बैंक अवार्ड संगै बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड प्राप्त गरेको छ ।
यो उपलब्धिलाई नेपालको बैंकिङ उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धीका रूपमा हेरिएको छ ।