धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–८ स्थित लिक्मा क्षेत्रमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय गणेशबहादुर धामीका १२ वर्षीय छोरा सलिम धामी रहेका छन्। उनी साथीहरूसँग खोलामा नुहाउन गएका बेला डुबेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महराका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। बालकको तत्काल उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।