जनकपुरधाम । धनुषाको जनकपुरधाममा कर्फ्यु आदेश जारी गरिएको छ । बिहीबार (साउन १४) दिउँसो साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका निम्ति कर्फ्यु लगाइएको हो ।
जनकपुरधामका विभिन्न स्थानमा बिहीबार बिहानैदेखि विरोध प्रदर्शन गरिएको थियो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्रका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।
योसँगै उल्लिखित क्षेत्रमा भेला हुन, जुलुस, प्रदर्शन तथा घेराउ गर्न नपाइने आदेशमा उल्लेख छ ।