काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका छन् ।
बुधबार बसेको समितिको बैठकले कार्कीलाई प्रमुख आयुक्तका रूपमा अनुमोदन गरेको हो ।
सर्वोच्चका रजिस्ट्रारका रूपमा कार्यरत उनलाई संवैधानिक परिषद्ले प्रमुख आयुक्तका रुपमा सिफारिस गरेको थियो ।