विराटनगर । सुनसरी घटना र त्यसपछि उत्पन्न तनावपूर्ण स्थितिका विषयमा छलफल गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार दिउँसो १२ः३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सो बैठक बस्ने गरी तयारी गरिएको छ।
आयोजित सर्वदलीय बैठकमा प्रदेशका उच्च सुरक्षा निकायका प्रमुखहरू, सुनसरी क्षेत्रका प्रदेश सभा सदस्यहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।
बैठकमा प्रदेशको समग्र शान्ति सुरक्षाको स्थिति समीक्षा गर्नुका साथै सामाजिक सद्भाव र सहिष्णुतालाई पुनः कायम राख्न ठोस कदम चाल्ने विषयमा छलफल हुनेछ। साथै, प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपमा नागरिक स्तरसम्म पु¥याउनका लागि आगामी रणनीति तय गरिने बताइएको छ।