चितवन । नेपालमा बाघको संख्या बढेको छ । राष्ट्रिय बाघ सर्वेक्षणको नतिजा अनुसार संख्या ४२९ पुगेको छ ।
आज बाघ दिवसको अवसरमा चितवनमा सार्वजनिक गरिएको नतिजा अनुसार बाघको नतिजा बढेको हो । यसअघि बाघको संख्या ३५५ थियो ।
सार्वजनिक नतिजा अनुसार चितवनमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेका छन् ।