काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहता रहेका छन्। उनको शरीरमा एक राउन्ड गोली लागेको सुरक्षा अधिकारीहरूले जनाएका छन्।
झडपमा परी ९ जना स्थानीय बासिन्दा र २० जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइते स्थानीयमध्ये २ जनालाई गोली लागेको र उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ।
घाइतेहरूको सूची
न्युरो अस्पताल (विराटनगर) मा उपचाररत
१ जयप्रकाश मेहता (२० वर्ष, देवानगञ्ज–३): पेटमा चोट (अवस्था गम्भीर)
२ मिथलेश यादव (२२ वर्ष, देवानगञ्ज–३) : बायाँ कोखामा चोट
३ अमलेश मेहता (१८ वर्ष, देवानगञ्ज–३): बायाँ काँधमा चोट
४ मिथलेश मेहता (२५ वर्ष, देवानगञ्ज–३): बायाँ कोखामा चोट
५ अमित कुमार यादव (२० वर्ष): बायाँ हात र कोखामा चोट (विराट नर्सिङ होम रिफर)
६ रवीन्द्र मेहता (२१ वर्ष, देवानगञ्ज–३): बायाँ तिघ्रामा चोट (अवस्था गम्भीर)
७ अमित कुमार यादव (१८ वर्ष, देवानगञ्ज–३): कम्मरमा चोट
८ सुनिल कुमार मेहता (२५ वर्ष, देवानगञ्ज–३): घुँडामा चोट
९ सुनिल कुमार मेहता (२६ वर्ष): बायाँ हातको कुहिनामा चोट
झडपमा नेपाल प्रहरीका इन्स्पेक्टर राकेश राईसहित १० जना र सशस्त्र प्रहरीतर्फ १० जना गरी कुल २० जना सुरक्षाकर्मी घाइते भएका छन्।
१ राकेश राई (इन्स्पेक्टर): टाउकोमा चोट (५ टाँका लगाइएको)
२ गणेश नारायण श्रेष्ठ (सप्रनि): कुममा चोट
३ अमरलाल यादव (प्रबह): कुममा चोट
४ राम बहादुर राई (प्रह): टाउकोमा चोट
५ विजय यादव (प्रह): टाउको र शरीरमा चोट
६ नवराज पोखरेल (प्रसह): कुममा चोट
७ बुद्ध देव साह (प्रह): टाउको र छातीमा चोट
८ निवेश यादव (प्रज): छातीमा चोट
(सशस्त्र प्रहरीतर्फ घाइते भएका १० जनाको विवरण खुल्न बाँकी रहेको छ।)