काठमाडौँ। काठमाडौंको तारकेश्वर नगरपालिकामा कारभित्र एक महिला जलेको अवस्थामा मृत फेला परेकी छन्।
प्रहरीका अनुसार मृतक स्थानीय ४१ वर्षीया (रश्मि रिजाल) हुन्। उनी कारको पछाडिको सिटमा जलेको अवस्थामा फेला परेको काठमाडौं प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। मृतकको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र सबै पक्षबाट अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरीले जनाएको छ।