ललितपुर । महिला सेवाग्राहीलाई अश्लील शब्द प्रयोग गरी दुव्र्यवहार गरेको अभियोगमा एक पठाओ चालकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिराहाको मिर्चैया नगरपालिका–५ घर भई हाल ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ३४ वर्षीय प्रविन कुमार साह रहेका छन्।
प्रहरीका अनुसार साहले पठाओ बुकिङ गरी सेवा लिने क्रममा महिला सेवाग्राहीलाई सार्वजनिक स्थानमा अश्लील र अपशब्द बोल्नुका साथै निजको फोन नम्बरमा निरन्तर फोन र मेसेजमार्फत दुव्र्यवहार गरेका थिए।
पीडित महिलाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चालकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।