काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका मृतक विवेक मण्डलको परिवारलाई १ लाख रुपैयाँ आर्थिक राहत प्रदान गरेका छन्।
सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको थियो। गत असार ३० गते उपचारका क्रममा निधन भएका मण्डलको आज १३ औँ पुण्य तिथिको अवसर पारेर सभापति थापाले उक्त राहत रकम उपलब्ध गराएका हुन्।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै सभापति थापाका तर्फबाट परिवारलाई राहत स्वरूप १ लाख रुपैयाँ हस्तान्तरण गरिएको जानकारी दिएका छन्। साथै, सभापति थापाले मृतक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षाको सम्पूर्ण व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।