काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल मैत्रीपूर्ण निमन्त्रणामा एक साते भ्रमणका लागि बिहीबार चीन प्रस्थान गरेका छन्।
खनाल सिचुवान एयरलाइन्सको उडानमार्फत चीन गएका हुन्। भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का वरिष्ठ नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटघाटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, परम्परागत मित्रता, आपसी हितका विषय तथा आर्थिक, राजनीतिक र अन्य सहकार्यका क्षेत्रलाई थप विस्तार गर्ने विषयमा उच्चस्तरीय छलफल हुने जनाइएको छ।