काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरेको छ। सीआईबीको टोलीले बुधबार काठमाडौँको डिल्लीबजार क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। बैंक कसुरसम्बन्धी मुद्दामा लामो समयदेखि फरार सूचीमा रहेका अग्रवाललाई विशेष सूचनाका आधारमा टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तथा सीआईबी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार बैंकिङ कसुर मुद्दामा अदालतबाट प्रक्रिया अगाडि बढाउन बाँकी रहेकाले पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि अदालत बुझाउने अन्तिम तयारी भइरहेको छ। उद्योग तथा व्यापार क्षेत्रमा ठूलो लगानी रहेको शंकर ग्रुपका अध्यक्ष अग्रवालमाथि परेको बैंकिङ कसुरको यो मुद्दाबारे सीआईबीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।