काठमाडौँ । सरकारले गणेश नेपालीको विषयमा सत्य तथ्य छानविन समिति गठन गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेका मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा एक छानबिन समिति गठन गरेको छ।
उपत्यकामा पठाओ (राइड सेयरिङ) चालकका रूपमा कार्यरत नेपालीले पार्किङको विषयलाई लिएर काठमाडौँ महानगरपालिकाका नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा पेट्रोल छर्की आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको निधन भएपछि घटनालाई लिएर चौतर्फी विरोध र छानबिनको माग उठेको थियो ।