काठमाडौँ । काठमाडौँको गोंगबुस्थित मित्रनगरमा रहेको ‘माउन्टेन एक्सेल्सिभा होटल’को कोठाभित्र एक युवतीको शव बीभत्स अवस्थामा फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
हत्यामा संलग्न रहेको आरोपमा दैलेख, डुङ्गेश्वर गाउँपालिका०६ लटाली स्थायी घर भई हाल काठमाडौं –०३ चक्रपथस्थित सम्बाला होटल आसपास बस्ने २७ वर्षीय रमेश बुढा र जिल्ला जुम्ला, चन्दननाथ नगरपालिका –०२ घर भई काठमाडौं बस्ने ३८ वर्षीय दान बहादुर शाही छन्।
साउन ३ गते बिहान ११ बजे होटलको चौथो तलाको ४०४ नम्बर कोठामा काठको पलङभित्र शव भेटिएको थियो । प्रहरीले अनुसन्धानबाट ती महिला कैलालीको धनगढी उपमहानगरपालिका–७ घर भई हाल काठमाडौं माछापोखरी बस्ने २५ वर्षीय निशा सुनार रहेको खुलेको थियो ।
पक्राउ परेका दुबै जनालाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।
बिहान गुडिरहेको एक कारमा अचानक आगलागी, चालकको जलेर दुःखद मृत्यु