काठमाडौं । फिफा विश्वकप २०२६ को च्याम्पियन बनेको स्पेनले ट्रफी र च्याम्पियनसिपको औंठीसँगै पाँच करोड १० लाख अमेरिकी डलर प्राप्त गरेको छ ।
यो रकम सन् २०२२ को कतार विश्वकपको विजेता (अर्जेन्टिना)ले पाएको चार करोड २० लाख अमेरिकी डलर भन्दा बढी हो।
फिफाले यसपटक ४८ सहभागी टोलीहरूका लिएर संयुक्त रूपमा ८७ करोड १० लाख अमेरिकी डलर भुक्तानी गरेको छ । युरोपेली संघहरूको पैरवीपछि प्रतियोगिताको खर्च धान्न अप्रिलमा थप १० करोड डलरभन्दा बढी रकम जोडिएको थियो।
यद्यपि, पाँच करोड १० लाख डलर ठूलो रकम देखिए पनि यो विश्व फुटबलमा खर्च हुने अन्य रकमको तुलनामा भने कम रहेको बताइएको छ। उदाहरणका लागि यो रकम इङ्लिस क्लब ब्राइटनले १९ वर्षीय डिफेन्डर लुका भुस्कोभिचलाई तिरेको स्थानान्तरण शुल्कभन्दा पनि कम हो।
