काठमाडौं । फ्रान्सका कप्तान किलियन एम्बाप्पे लगातार दुईपटक फिफा विश्वकपको गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्। फिफा विश्वकप २०२६ मा ८ खेल खेल्दै १० गोल गरेर कीर्तिमानी कायम गरेका छन्।
फाइनलमा नपुगेपनि तेस्रो स्थानको लागि इंग्ल्यान्डविरुद्धको खेलमा २ गोल गर्दै एमबाप्पेले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पार्दै कीर्तिमान बनाएका हुन्।
खेलको दोस्रो हाफको ४८ औँ मिनेटमा आफ्नो व्यक्तिगत पहिलो गोल गर्दै एम्बाप्पेले विश्वकपमा नवौँ गोल पूरा गरेका थिए। यो गोलसँगै उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको २१ विश्वकप गोलको रेकर्ड बराबरी गरे।
खेलको ६६ औँ मिनेटमा एम्बाप्पेले पुनः अर्को उत्कृष्ट गोल गर्दै जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या १० पुर्याए। यो गोलसँगै उनले मेस्सीको कीर्तिमानलाई पछि पार्दै विश्वकप इतिहासमा कुल २२ गोलको नयाँ ऐतिहासिक रेकर्ड आफ्नो नाममा लेखेका छन्। यसअघि कतारमा २०२२ मा भएको विश्वकपमा ८ गोल गर्दै एम्बाप्पेले गोल्डेन बुट जितेका थिए।