काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
शुक्रबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरण विभागले स्रोत नखुलेको सम्पत्तिसम्बन्धी अनुसन्धानपछि पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबीसहित बिहीबार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीलाई पूरक अभियोगमार्फत प्रतिवादी बनाइएको छ।